प्रजातन्त्र दिवशमा प्रदेश १ कानूनमन्त्रीद्धारा श्रमदान, मुख्यमन्त्रीद्धारा फलफूल वितरण — OSNepal

प्रजातन्त्र दिवशमा प्रदेश १ कानूनमन्त्रीद्धारा श्रमदान, मुख्यमन्त्रीद्धारा फलफूल वितरण

LC (KTM) February 19, 2022 0

१०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा शनिवार देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ । विभिन्न वक्तव्य र भाषणमा सीमित हुने दिवसलाई प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले श्रमदान गरी मनाउनुभएको छ ।

विराटनगरमा निर्माणाधीन सम्पन्न बस्ती महानगर आवास परियोजनामा उहाँले श्रमदान गर्नु भएको हो । जनताका आधारभूत आवस्यक्ता गाँस,बास र कपासलाई सुनिश्चित गर्ने सन्देशका रूपमा दिवस मनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘आजको दिन लाई हामीले भाषण गर्ने दिनका रूपमा लिएका छौँ ।

उत्सवका रूपमा मनाउँछौँ, तर पनि नागरिकका गाँस, बास, कपास, आर्थिक स्वतन्त्रता, मानव अधिकारको रक्षा गर्नलाई पनि सरकारको ध्यान जानुपर्छ र त्यसै अनुसार दिवस फरक ढङ्गले मनाएको हुँ ।’ सरकार जनतासँगप्रत्यक्ष सम्पर्कमा रहनुपर्ने उल्लेख गर्दै जनताका हरेक कामगर्ने उहाँको भनाई छ । यसैबीच दिवसको अवसरमा प्रदेश सरकारले विराटनगरमा रहेको मानव सेवा आश्रममा फलफूल वितरण गरेको छ ।

आश्रममा अनाथ, बेसहारा, सडक मानवहरूलाई मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, आधिकारिक ट्रेड युनियन लगायतले फलफूल वितरण गरेको हो । वितरण कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र कुमार राईले सरकारले बेसहारा मानवको सेवागर्नु धर्म गर्नु सोसरह रहेको उल्लेख गर्दै सरकार बेसहारा नागरिकको जीवन रक्षागर्न लागि परेको बताउनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर