एमसीसीबारे संसदमा पेश हुन लागेको प्रस्ताव यस्तो — OSNepal

एमसीसीबारे संसदमा पेश हुन लागेको प्रस्ताव यस्तो

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीलाई सरकारले आज बस्ने संसद बैठकमा टेबल गर्ने भएको छ ।

ऊर्जा पूर्वाधार तथा सडक स्तरोन्नतिका लागि अमेरिकाले ५० करोड अर्थात् करिब ५७ अर्ब रुपैयाँ र नेपालको १३ करोड डलर अर्थात् १५ अर्ब ९६ करोड रुपैयाँ राखेर ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७४ भदौ २९ गते एमसीसी परियोजनामा नेपाल र अमेरिकाबीच कम्प्याक्ट सम्झौता भएको थियो ।

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अनुदान सम्झौता सदनमा अनुमोदनका लागि आज सरकारले टेबल गदैछ । कार्यब्यवस्था परामर्श समितिको बैठक पछि दिउँसो १ बजे बस्ने बैठकमाम सरकारका तर्फबाट एमसीसी सम्झौता सदनमा टेबल हुन लागेको हो ।

ऊर्जा पूर्वाधार तथा सडक स्तरोन्नतिका लागि अमेरिकाले ५० करोड अर्थात् करिब ५७ अर्ब रुपैयाँ र नेपालको १३ करोड डलर अर्थात् १५ अर्ब ९६ करोड रुपैयाँ राखेर ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७४ भदौ २९ गते एमसीसी परियोजनामा नेपाल र अमेरिकाबीच कम्प्याक्ट सम्झौता भएको थियो ।

यो सम्झौता केपी ओलीको सरकार भएको समयमा २०७५ माघ २५ गते संसदमा पेश गर्ने निणर्य गरेको थियो । सोही अनुसार तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी सम्झौता संसद सचिवालयमा दर्ता गराएका थिए ।

तथापी तत्कालिन नेकपा एमाले र माओवादी मिली बनेको नेकपा बिच सहमति नुहँदा एमसीसी संसदमा पेश हुने सकेको थिएन । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा दर्ता गराएको एमसीसीसम्बन्धी प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर