नेपालका लागि इजरायली राजदुतावासले भन्यो 'क्रिप्टोकरेन्सी, हाइपरफण्ड गैरकानुनी हुन्, संलग्न नहुनु' — OSNepal

नेपालका लागि इजरायली राजदुतावासले भन्यो ‘क्रिप्टोकरेन्सी, हाइपरफण्ड गैरकानुनी हुन्, संलग्न नहुनु’

LC (KTM) February 20, 2022 0

काठमाडौँ । क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङलगायतका कारोबारमा संलग्न नहुन नेपालका लागि इजरायली राजदुतावासले सम्बन्धित सबैमा अपिल गरेको छ ।

दुतावासले आइतबार एक विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा नेपालमा क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङलगायतका कारोबार बढीरहेको जनाउँदै यी सबै कारोबारहरु अवैध भएको र कानुनी मान्यता नपाएका कारण यसमा लाग्दा ठगिन सकिने भन्दै सबैलाई सचेत हुन समेत आग्रह गरेको छ ।

दुतावासद्धारा जारी विज्ञप्तिमा यी अवैध कारोबारमा संलग्न भएको थाहा भएमा कानुनी कारबाही हुने मात्रै नभई अवैध तरिकाले स्वदेशी पूँजी समेत पलायन हुने कुरामा समेत सचेत गराइएको छ ।

क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङलगायतका कारोबारमा संलग्न नहुन भन्दै नेपाल प्रहरीले पनि पटक पटक सूचना निकालेर आग्रह गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर