सहिद स्मारक ए डिभिजन लिग : आठ पटकको बिजेता मनाङ एनआरटी संग स्तब्ध — OSNepal

सहिद स्मारक ए डिभिजन लिग : आठ पटकको बिजेता मनाङ एनआरटी संग स्तब्ध

LC (KTM) February 20, 2022 0

सहिद स्मारक ए डिभिजन लिग फुटबलको आठ पटकको बिजेता मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ । आइतबार भएको खेलमा आठ पटकको च्याम्पियन मनाङ न्युरोड टिम एनआरटीसँग एक शुन्य गोल अन्तरले पराजित भएको हो । यससँगै एनआरटीले लिगमा मनाङलाई ११ वर्षपछि हराउँन सफल भएको छ । पछिल्लो पटक एनआरटीले मनाङलाई ०६६-०६७ को लिगमा हराएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउले निर्णायक गोल गरे । खेलको २६ औं मिनेटमा मेसुकेले गरेको गोलबाट एनआरटीले तीन अंक जोडेको हो ।यस जितसँगै एनआरटीले १२ खेलमा २० अंक जोडेको छ । एनआरटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । मनाङले १२ खेलमा २० अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर