कपिलवस्तुमा दोस्रो पटक यौन सम्पर्क गर्न नमानेपछि ४० वर्षिय देवरले लिए भाउजुको ज्यान — OSNepal

कपिलवस्तुमा दोस्रो पटक यौन सम्पर्क गर्न नमानेपछि ४० वर्षिय देवरले लिए भाउजुको ज्यान

LC (KTM) February 21, 2022 0

कपिलवस्तु । यौन सम्पर्क गर्न नदिएपछि देवरले भाउजुको हत्या गरेका छन् । बाणगंगा नगरपालिका १० सोनपुरकी एकल महिला यशोधा लोनियाको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले देवरलाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो ।

प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार यशोधाका देवर वर्ष ४० वर्षिय शम्भु लोनियाले माघ १० गते राति भाउजुको हत्या गरेका थिए ।

मादक पदार्थ सेवन गरेको विषयमा शम्भु र पत्नी बिच विवाद भएपछि श्रीमती माइती गएकी थिइन् ।राजधानि दैनिकमाा खबर छ । श्रीमती माइत गएपछि शम्भु रातको ९ बजे भाउजु यशोधाको घरमा पुगेका थिए । देवर भाउजु बिच सहमतीमा यौन सम्पर्क भएको र दोस्रो पटक यौन सम्पर्क गर्न खोज्दा यशोधाले प्रतिकार गर्न खोजे पछि घाँटी थिचेर हत्या गरेको स्विकार गरेको भण्डारीले बताए ।

घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयको – नाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर परिचालन भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर