सेनाको लडाकु जेट विद्यालयमा ठोकियो, तीन जनाको मृत्यु — OSNepal

सेनाको लडाकु जेट विद्यालयमा ठोकियो, तीन जनाको मृत्यु

LC (KTM) February 21, 2022 0

एजेन्सी – इरानको सेनाको एउटा लडाकु जेट देशको उत्तरपश्चिम सहर तबरिजमा दुर्घटनाग्रस्त भएको छ ।

एउटा आवासीय क्षेत्रमा भएको सो दुर्घटनामा दुई चालका दलका सदस्यहरुसहित तीन जनाको मृत्यु भएको त्यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

स्थानीय रेड क्रिसेन्टका प्रमुखका अनुसार सो जेट एउटा विद्यालयमा ठोकिएको थियो । दुर्घटनामा मृत्यु हुनेमध्ये एक जना सोही क्षेत्रका स्थानीय रहेको जनाइएको छ ।

दुर्घटनाबारे छानविन भइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर