एमसीसीका कारण अमेरिकासँग समस्या उत्पन्न भए त्यसको जिम्मेवार देउवा र ओली हुन्छन् ! — OSNepal

एमसीसीका कारण अमेरिकासँग समस्या उत्पन्न भए त्यसको जिम्मेवार देउवा र ओली हुन्छन् !

LC (KTM) February 23, 2022 0

काठमाडौं-पार्टी एकता राष्ट्रिय अभियानका संयोजक एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अमेरिकालाई मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन आग्रह गरेका छन् ।

जनस्तरमा बिरोध भइरहँदा समेत सरकारले एमसीसी टेबल गरेको भन्दै गौतमले जनताप्रति सरकार इमान्दार नभएको देखिएको उल्लेख गरेका छन् ।

मंगलरबार एक विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी सम्झौता फिर्ता लिए नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै प्रगाढ र समुधुर हुने विश्वास व्यक्त छन् । ‘मैले यसभन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको थिएँ । म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु‚’ गौतमले भनेका छन्, ‘यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र समुधुर बनाउने सहयोग मिल्नेछ ।’

एमसीसीका कारण अमेरिकासँगको सम्बन्धमा समस्या उत्पन्न भए त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मेवार हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर