एमसीसीको पक्षमा रहेका बाबुरामको सुझाव : गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि, नयाँ समीकरण बन्नुपर्‍यो — OSNepal

एमसीसीको पक्षमा रहेका बाबुरामको सुझाव : गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि, नयाँ समीकरण बन्नुपर्‍यो

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष नेता डा बाबुराम भट्टराईले अमेरिकी अनुदान सहयोग एमसीसी पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फसेस्ने बताएका छन् ।

एमसीसी पारित गर्नुपर्छ भनेर लागि परेका नेता भट्टराईले ‘एमसिसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको समेत बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत एमसीसी पास गर्न कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपपर्‍यो भनेका छन् ।

यदि गठवन्धन सरकार सहमत नभए नयाँ समिकरण बनाउनुपर्ने उनले सुझाव दिएका छन् । ‘सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्रीरबाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ ।’उनले भनेका छन् ।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सत्तामा रहे पनि एमसिसीको विरोधमा आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्दै आएका छन् ,भने एमसीसीको विपक्षमा मतदान गर्ने भन्दै आएका छन् ।यता जसपाभने एमसीसीलाई लिएर दुई धारमा बाँडिएको छ ।

उनले कित माओवादी र नेकपा एस मिन्लु पर्यो कित नयाँ समिकरणमा प्रमुद प्रतिपक्षी दल एमालेको साथ लिनु पर्यो । तर एमाले आफ्नो माग पुरा नभएसम्म सरकारको कुनै पनि प्रस्ताव स्विकार नगर्ने भन्दै आएको छ ।

उनले भनेका छन्, ‘एमसिसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्रीरबाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपपर्‍यो ! अर्को बाटो छैन !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर