एमसीसीको पक्षमा रहेको लोसपाको संसदीय दलको बैठक बस्दै — OSNepal

एमसीसीको पक्षमा रहेको लोसपाको संसदीय दलको बैठक बस्दै

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक पार्टीको केन्द्रिय कार्यालय बबरमहलमा दिउँसो १ बजे बस्ने भएको हो ।

अमेरिकी परिायोजना एमसीसीको विषयमा छलफल गर्न लोसपाले संसदीय दलको बोलाएको हो । एमसीसीको पक्षमा रहेको लोपसाले आफ्ना सांसदहरुलाई एमसीसी अनुमोदन गर्ने विषयमा आफ्ना सांसदलहरुलाई निर्देशन दिन पनि आजको बैठक बोलाइएको हो ।

साथै आज बस्ने संसदीय दलको बैठकमा पार्टीको विधानमाथि परिमार्जन गरेर आएको ‘ड्राफ्ट’माथि छलफल गरिने समेत बताइएको छ ।

हिजो बसेको शिर्ष नेताहरुको बैठकमा अमेरिकी परियोजनाा एमसीसी , पार्टीको आन्तरिक संरचना निर्माण र समसामयिक विषयवस्तुमा छलफलका लागि पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्ताव राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर