बाँस्कोटाको प्रश्न : ओलीको तानाशाही रोक्न सफल क्रान्तिकारी गठवन्धन सरकारले गरेको प्रस्ताब कसरी राष्ट्रघाती भयो? — OSNepal

बाँस्कोटाको प्रश्न : ओलीको तानाशाही रोक्न सफल क्रान्तिकारी गठवन्धन सरकारले गरेको प्रस्ताब कसरी राष्ट्रघाती भयो?

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । नेकपा एमालेका नेता तथा पुर्व मन्त्रीले सत्ता गठवन्धनको पाँच दलहरुलाई न,शेषनागको सज्ञा दिएका छन् ।

उनले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीको तानाशाही,राष्ट्रघात,शासकीय मनोमानी अनि प्रतिगमन रोक्न सफल क्रान्तिकारी सरकारले गरेको प्रस्ताव कसरी राष्ट्रघाती भयो भन्दै गठवन्धनलाई प्रश्न गरेका छन् ।

अग्रगामी शक्तिको पांचदलीय मोर्चाको सरकारले सहमतीमै ल्याएको प्रस्ताब कसरी राष्ट्रघाती भयो ? बास्ँकोटाले प्रश्न गरेका छन् ।

सरकारमा पनि आफै सडकमा पनि आर्फे भन्दै माओवादी र नेकपा एकिकृत समाजवादी पार्टी माथि आलोचना गर्दै उनले भनेका छन् , गाडीमा झण्डा हातमा ढुंगा बोक्न नेपालमा मात्र मिल्ने रहेछ।

‘आज पनि ओली तानाशाही,राष्ट्रघात,शासकीय मनोमानी अनि प्रतिगमन रोक्न सफल क्रान्तिकारी सरकार छ नि देशमा।’

‘अग्रगामी शक्तिको पांचदलीय मोर्चाको सरकारले सहमतीमै ल्याएको प्रस्ताब कसरी राष्ट्रघाती भयो ? लौन,शेषनाग खलक हो-कुरा बुझाई देऊ!गाडीमा झण्डा हातमा ढुंगा बोक्न नेपालमा मात्र मिल्ने रहेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर