गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भयो :अध्यक्ष प्रचण्ड — OSNepal

गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भयो :अध्यक्ष प्रचण्ड

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताएको छ ।

अध्यक्ष प्रचण्डले आज बसेको वागमती प्रदेश समितिको दोश्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको आरोप लगाएका हुन् ।

बाहिर चर्चा गरिएजस्तो अहिले नै प्रतिकान्ति हुने अवस्था नरहेको बताएका उनले आफुले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग नभई गृहमन्त्री बालकृष्ण खाँडसाग भेटका गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा समेत सत्ता उल्ट्याउने प्रपञ्चको जालो चिरेर आफूहरू विजयी हुने समेत दावी गरेका छन् ।

उनले भनेका छन् , “विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिहरूबीच संघर्ष चलिरहेको छ,” प्रचण्डले भनेका छन्, “उनीहरूले कयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर