प्रधानमन्त्री देउवाले गरे जयनन्द लामाको निधनप्रति दुःख व्यक्त — OSNepal

प्रधानमन्त्री देउवाले गरे जयनन्द लामाको निधनप्रति दुःख व्यक्त

LC (KTM) February 23, 2022 0

काठमाडौँ, ११ फागुन – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज ट्विट गर्नुहुँदै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको उल्लेख गर्नुभएको छ । दुःखको यस घडीमा स्व लामाप्रति उहाँले श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज ट्विट गर्नुहुँदै गायक लामाको असामयिक निधनबाट मुलुकले गीतसङ्गीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको उल्लेख गर्नुभएको छ । उहाँले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर