एमसीसीबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष ठाकुरलाई — OSNepal

एमसीसीबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष ठाकुरलाई

LC (KTM) February 23, 2022 0

काठमाडौँ, ११ फागुन -लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) संसदीय दलले अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसीसी)का विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बसेको संसदीय दलको बैठकले (एमसीसी) सम्झौता सदनमा प्रवेश पाएपछि मुलुकमा उत्पन्न समयसामयिक राजनीतिक अवस्थाबारे गहन छलफल गरेको हो ।

बैठकले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको पार्टी नेता एवं संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । नेपालको पूर्वाधार विकास र जनताको समृद्धिका पक्षमा एमसीसी रहेको जनाउँदै उक्त पार्टीले विगतका पक्षमा वकालत गर्दै आएको छ । लोसपा संसदीय दल १३ सदस्यीय छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर