आफ्नो स्टाटसलाई लिएर प्रचण्डको स्पष्टोक्ति, तत्काल प्रतिक्रान्ति हुने अवस्था छैन — OSNepal

आफ्नो स्टाटसलाई लिएर प्रचण्डको स्पष्टोक्ति, तत्काल प्रतिक्रान्ति हुने अवस्था छैन

LC (KTM) February 23, 2022 0

काठमाडौं, ११ फागुन- सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल प्रतिक्रान्तिको अवस्था नरहेको बताएका छन् ।माओवादीको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई बुधबार सम्बोधन गरेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गठबन्धन टुटाउने र सरकार ढाल्ने प्रयास भइरहेको दाबी गरे । ‘अहिले गठबन्धन टुटाउने र सरकार ढाल्ने प्रयास भइरहेको छ नि । तर, तत्काल प्रतिक्रान्ति हुने वा भइसकेको अवस्था भने होइन,’ उनले भने, ‘मेरोतर्फबाट ट्विट भएको छैन ।’

प्रचण्डको ह्यान्डिलबाट बुधबार बिहान एउटा स्टाटस सार्वजनिक भएको थियो । जसमा सत्ता पल्टाउने र प्रतिक्रान्तिको अवस्था आएको उल्लेख थियो । साथै, क्रान्तिकारी शक्तिको अन्तिममा जित हुने लेखिएको थियो ।

प्रचण्डले आज बिहान आफ्नो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको पनि स्पष्ट पारे । उनले तीन दिनअघि प्रधानमन्त्रीसँग कुराकानी भएको र आज बिहान गृहमन्त्री बालकृष्ण खाँण खुमलटार आएको र उनीसँग कुराकानी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर