दोधारे बोली र अडान लिन नसक्ने बानीका कारण तनावमा प्रचण्ड र माधव — OSNepal

दोधारे बोली र अडान लिन नसक्ने बानीका कारण तनावमा प्रचण्ड र माधव

LC (KTM) February 24, 2022 0

काठमाडौ । अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो । सत्तारूढ दल नेपाली काँग्रेस एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा छ ।

त्यस्तै सत्ताका दुुई घटक नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालमाथि पनि पारित गर्न दबाब बढ्दै गएको छ ।

अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा ९माओवादी०का वरिष्ठ नेता डा। बाबुराम भट्टराई प्रधानमन्त्री पदमा रहँदा २०६८ मा एमसीसी सम्झौताका अध्याय प्रारम्भ भयो तर अनुमोदनको चरणमा आइपुग्दा प्रचण्ड र डा। भट्टराई अलग–अलग पार्टीको नेतृत्व गरिरहेका छन् । त्यसै कारण दुवै नेतालाई आँफैले अघि बढाएको एमसीसी परियोजना अनुमोदनका लागि नैतिक दबाब छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदनका लागि गर्नुभएको आग्रह नकार्ने अवस्थामा उहाँहरू हुनुहुन्न किनभने यो विषय सत्ता गठबन्धनसँग पनि गाँसिएको डा। भट्टराई बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर