सुनको मूल्य एक लाख नजिक ! — OSNepal

सुनको मूल्य एक लाख नजिक !

LC (KTM) February 24, 2022 0

काठमाडौँ, १२ फागुन- सुनको भाउ बिहीबार प्रतितोलामा दुई हजार ५०० रुपैयाँको दरले बढेर एक लाख नजिक पुगेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ । चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँको दरले बढेको छ । बुधबार एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३५५ रुपैयाँमा निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर