प्रतितोला एक हजारले घट्यो सुनको मूल्य — OSNepal

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य

LC (KTM) February 25, 2022 0

काठमाडौँ, १३ फागुन – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु ९८ हजार तोकिएको छ । पहेँलो धातुको अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० तोकिएको छ । बिहीबार यसको मूल्य प्रतितोला रु ९८ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१४ डलर आसपास कारोबार भइरहेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर