सभामुख सापकोटालाई महाअभियोग लगाएर बर्खास्त गर्न नेपाली कांग्रेस र एमाले सहमत — OSNepal

सभामुख सापकोटालाई महाअभियोग लगाएर बर्खास्त गर्न नेपाली कांग्रेस र एमाले सहमत

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर बर्खास्त गर्न सहमत भएका छन् । एमसीसीको विषयमा गठवन्धनमा सहमति हुन नसकेपछि सभामुख सापकोटाको पद धरापमा परेको हो ।

एमसीसी पास गराउन लागि परेका प्रधानमन्त्री शेरबहादुर देउवा एमालेसँग सहकार्य गरेर भएपछि एमसीसी पास गर्न लागि परेका छन् । यही मौका छोपी एमालेले पनि आफ्नो माग पुरा भएर समर्थन गर्न स्पष्ट पारेको छ ।

बिहीबार कांग्रेसका शीर्ष नेताहरूसँगको छलफलमा एमाले अध्यक्ष केपी ओलीले कारबाही गरिएका माधवकुमार नेपालसहित १४ सांसदलाई हटाउनुपर्ने वा सभामुख सापकोटालाई महाअभियोग लगाउने प्रस्ताव गरेका थिए ।

तर, कांग्रेस सभामुख सापकोटालाई महाअभियोग लगाउन तयार भएको छ । तथापी कांग्रेसले अझै एक दुई दिन पर्खने र मतदानमा लगेर एमसीसी असफल बनाए सभामुख सापकोटालाई महाअभियोग लगाउन कांग्रेस पनि तयार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर