कांग्रेसले आफ्नो माग सम्बोधन गरे संसदीय प्रक्रियामा एमाले आउने महसचिव पोखरेलको दावी — OSNepal

कांग्रेसले आफ्नो माग सम्बोधन गरे संसदीय प्रक्रियामा एमाले आउने महसचिव पोखरेलको दावी

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली पोखराबाट फर्किएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल हुने बताएका छन् ।

आज शुक्रबार स्थानीय तह निवार्चनको लागि दल दर्ता गराउन निर्वाचन आयोग पुगेका नेता पोखरेलले आज पनि देउवा र ओली बिच छलफल हुने बताएका हुन् ।

बिहिबार दुई चरणमा छलफल गरिसकेको देउवा र ओलीको छलफल करिब सहमतिको नजिक आइसकेको छ । साथै आज हुने छलफल पनि सकारात्मक हुने बताइएको छ ।

उनले सभामुख अग्निप्रसाद सापकोटाको कारण अहिलेको स्थिति आएको दावी गरेका छन् । सभामुखले गल्ती सच्याएरु मार्गप्रशस्त गरे या सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो माग सम्बोधन गरे संसदीय प्रक्रियामा एमाले आउने दावी पनि गरेका छन् ।

हिजो दुई चरणमा भएको छलफलमा पनि देउवाले एमसीसीको समर्थन गर्न आग्रह गर्दा ओलीले आफ्नो माग सम्बोधन गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर