एमसीसी सहयोग नेपालमा ल्याइँ पाऊँ भनेर चिठी लेख्ने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हानिदैँन, उल्टै मलाई हानिन्छ : अध्यक्ष ओली — OSNepal

एमसीसी सहयोग नेपालमा ल्याइँ पाऊँ भनेर चिठी लेख्ने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हानिदैँन, उल्टै मलाई हानिन्छ : अध्यक्ष ओली

LC (KTM) February 25, 2022 0

पोखरा १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेकाले नै सडकमा ढुंगा हान्न पठाएको भन्दै माओवादी र एकिकृत समाजवादी पार्टी प्रति आलोचना गरेका छन् ।

संसदमा एमसीसी टेबल गर्न दिएका माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका माधव नेपालमाथि टिप्पणी गर्दै ओलीले आज शुक्रबार पोखरामा आयोजित बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सरकारमा बसेकाले कार्यकर्ता पठाएर सडक भत्काउन लगाएको प्रति आपत्ती जनाएका उनले भने , ‘प्रहरी, मान्छे देख्नै नहुने, ढुंगा हान्ने । एमसीसी सहयोग नेपालमा ल्याइँ पाऊँ भनेर चिठी लेख्ने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् ।’

एमसीसीको पक्षमा खुल्ला बहस गर्दै हिडेका बाबुराम भट्टराई हिँड्दा ढुंगा नहान्ने कांग्रेसलाई नहान्ने सभामुखलाई नहान्ने भन्दै उनले भने , ‘म सडकमा यस्सो हेर्छु, मलाई हानिन्छ’।

सरकारबाट एमाले हटेपछि जनताले विकासका कुरा सुन्ने नपाएको बताएका ओलीले भने,देश बनाउने विचार नेकपा एमालेबाहेक अन्य पार्टीसँग छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर