अध्यक्ष ओलीले न भाले न पोथीको चाल देखाइरहनुभएको छ : माधव नेपाल — OSNepal

अध्यक्ष ओलीले न भाले न पोथीको चाल देखाइरहनुभएको छ : माधव नेपाल

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको विषयमा आफ्नो पार्टीको स्पष्ट धारणा छ भन्दै हिडेपनि स्पष्ट पार्न नसकेको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि नेपालले पत्रकारहरुसँग बोल्दै यस्तो बताएका हुन् ।

एमसीसीको विषयमा ओलीको स्पष्ट जवाफ नआएको भन्दै नेपालले भने ,’समर्थन गर्छु पनि नभन्ने, समर्थन पनि नगर्ने ।न भाले न पोथीको चाल देखाइरहनुभएको छ । ‘

साथै उनले आफुसहित १४ जना सांसदहरुलाई कारवाही गर्ने , सभामुख अग्निप्रसाद सापकोटालाई बर्खास्त गर्नुपर्ने जस्ता खतरनाक गम्भीर सर्त ओलीको राखेको प्रति गम्भिर हुनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर