युक्रेनी सेनाले हतियार बिसाए रुस वार्ता गर्न तयार — OSNepal

युक्रेनी सेनाले हतियार बिसाए रुस वार्ता गर्न तयार

LC (KTM) February 25, 2022 0

मस्को, १३ फागुन, – रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार युक्रेनी सेनाले आत्मसमर्पण गरेमा कीभसँग वार्ता गर्न मस्को तयार रहेको बताउँनु भएको छ। राजधानीमा रुसी आक्रमणकारी सेनाहरू अघि बढ्दै गर्दा उहाँको सो टिप्पणी आएको हो ।”युक्रेनको सशस्त्र सेनाले हाम्रो आह्वानलाई सुनेर हतियार बिसाउँने बित्तिकै हामी जुनसुकै बेला वार्ताका लागि तयार छौं,” लाभरोभले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

चीनको गुइझोउको कोइला खानीमा १४ कामदार फसे- चीनको गुइझोउ प्रान्तमा रहेको कोइला खानीमा १४ जना कामदार फसेको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएका छन्।सिन्ह्वा समाचार एजेन्सीका अनुसार दुर्घटना आज बिहान ८:४० बजे (स्थानीय समय) सान्हे शुन्क्सुन कोइला खानीमा भएको जेनफेङ काउन्टीको प्रशासन गर्ने छियानसिनानको बोउयेई-मियाओ स्वायत्त प्रान्तको प्रचार विभागले जनाएको छ। त्यहाँ उद्धार कार्य जारी छ।(रासस-एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर