प्रदेश १ मा आज १४ जनामा मात्र कोरोना संक्रमण — OSNepal

प्रदेश १ मा आज १४ जनामा मात्र कोरोना संक्रमण

LC (KTM) February 26, 2022 0

प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमणको दर एकदमै न्युन रहेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १५७ जनाको पीसीआर परीक्षण गर्दा ३ र २६४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीको इटहरी र कोशी गाउँपालिकामा १–१ र मोरङको विराटनगरमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ८९२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर