मकै पोलेर आफ्नो दैनिकी चलाउँदै नवलपुरका महिला — OSNepal

मकै पोलेर आफ्नो दैनिकी चलाउँदै नवलपुरका महिला

LC (KTM) February 27, 2022 0

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिका–८ जयश्री खोला नजिकै सडक किनारमा मकै पोल्दै स्थानीय । गैँडाकोटमा बाह्रै महिना मकैको राम्रो उत्पादन हुने भएकाले यहाँका केही स्थानीयले पोलेको मकै बेचेर आफ्नो दैनिकी चलाउँदै आएका छन् ।

पर्यटन प्रवद्र्धनका लागि पदयात्रा-बागलुङको पर्यटन प्रवद्र्धनका लागि यहाँका युवाले प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चकोटदेखि काठेखोला गाउँपालिकाको बेलढङ्गासम्म पदयात्रा गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सुस्ताएको पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएका १२ युवाको समूहले दुई दिने पदयात्रा सुरु गरेका हुन् ।

बागलुङ नगरपालिका–६ पञ्चकोटबाट शनिबार सुरु भएको यात्रा आज काठेखोला गाउँपालिका–३ को बेलढङ्गामा पुगेर सकिने यात्रामा सहभागी प्रेम केसीले बताउनुभयो । पञ्चकोट–बेलढुङ्गा पदमार्गमा पर्ने संसारकोट, थाप्ले, गुनगुनेको धुरी, दारेगौँडालगायतका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनका लागि पदयात्रा गरिएको उहाँको भनाइ छ ।

काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको पुष्पाञ्जलि ग्रामीण विकास केन्द्रले शिवरात्रिको अवसर पारेर पद्यात्राको आयोजना गरेको थियो । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका पर्यटकीय क्षेत्र समेटिएको पञ्चकोट–बेलढुङ्गा पदमार्गको प्रचारका लागि पदयात्रा गराइएको केन्द्रका अध्यक्ष विक्रम शर्माले बताउनुभयो ।

केन्द्रले गतवर्ष थाप्लेको धुरीमा सात देशका झण्डा राखेर पर्यटकलाई निम्ता दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर