भण्डारीको हत्यामा सङ्लग्न वीरेन्द्र र रमादेवी १६ वर्षपछि सीमा नाकाबाट समातिए — OSNepal

भण्डारीको हत्यामा सङ्लग्न वीरेन्द्र र रमादेवी १६ वर्षपछि सीमा नाकाबाट समातिए

LC (KTM) February 27, 2022 0

बझाङ- नेपाल प्रहरीले बझाङको जयपृथ्वी नगरपालिका–७ का मीनबहादुर भण्डारीको हत्यामा सलङ्ग्न दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले विसं २०६२ असोज २३ गते भण्डारीको हत्यामा सलङ्ग्न बझाङ जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४० वर्षीय वीरेन्द्र राना र सोही स्थानकै ३३ वर्षीय रमादेवी रानालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक कमल थापाले हतियारको प्रयोग गरी ज्यान मारेर फरार रहेका उनीहरुलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमाबाट पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला अदालत बझाङले विसं २०६६ सालमा कर्तव्य ज्यान मुद्दामा वीरेन्द्रलाई २० वर्ष कैद र रमादेवीलाई तीन वर्ष कैद हुनेगरी फैसला गरेको थियो ।पक्राउ परेका दुबैजनालाई आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बझाङ पठाइएको प्रवक्ता थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर