कोरोना अब बिस्तारै हराउँदै, प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण — OSNepal

कोरोना अब बिस्तारै हराउँदै, प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण

LC (KTM) February 27, 2022 0

प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमण एकदमै न्युन हुदै गएको छ । गत २४ घण्टामा प्रदेशभरमा जम्मा १३ जनामा कोरोना संक्रमण भएको छ । ३२२ जनाको पीसीआर परीक्षण गर्दा ७ र २५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसारका पाँचथरको याङवरकमा २, झापाको गौरादह, मोरङको उर्लाबारी, सुनसरीको इटहरी, तेहृथुमको म्याङलुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४ महिला र २० पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८६५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर