सबै भन्दा बढि कुष्ठरोगका बिरामी बाँकेमा फेला,साउनदेखि पुससम्म ४४ जना नयाँ कुष्ठरोगी थपिए — OSNepal

सबै भन्दा बढि कुष्ठरोगका बिरामी बाँकेमा फेला,साउनदेखि पुससम्म ४४ जना नयाँ कुष्ठरोगी थपिए

LC (KTM) February 28, 2022 0

बाँके कुष्ठरोगको ुरेड जोनु रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रति १० हजार जनसंख्यामा उपचारत रहेका बिरामीहरूको प्रकोप दर एकभन्दा बढी भएका जिल्लामध्ये बाँके कपिलवस्तपछि दोस्रो स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको हो ।

नेपाल सन २०१० मा नै निवारण अवस्थामा भए पनि बाँके भने उच्च जोखिममै थियो । यस आर्थिक वर्षको ६ महिना ९साउनदेखि पुससम्म० मात्र बाँकेमा ४४ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन् । गत वर्ष एक सय २८ जनामा कुष्ठरोग देखिएको थियो। यस वर्ष पनि सोही बराबर हुने अनुमान गरिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक एक फोकल पर्सन मानव नेपालीका अनुसार राप्तीसोनारीमा कुष्ठरोगका बिरामी शून्य छन् । सबैभन्दा बढी कोहलपुरमा ११, नेपालगन्ज उपमहानगरपालिकामा १३, जानकीमा ६, बैजनाथ र नरैनापुरमा पाँचरपाँच, खजुरामा तीनर डुडुवामा एकजना कुष्ठरोगका बिरामी फेला परेका छन् ।

बाँकेको जनसंख्या र सेवा क्षेत्र धेरै हुनुसँगै खुला सीमा क्षेत्रका कारण बाँकेमा कुष्ठरोग संक्रमण उच्च रहेको साइनिङ अस्पताल, सिएनएफ नेपाल बाँकेका डा। मंगलबहादुर थारुले जनाए। उनका अनुसार साइनिङ अस्पतालमा पछिल्लो ६ महिनामा आठ हजार चार सय ३२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमध्ये ७४ जनामा कुष्ठरोग देखिएको उनको भनाइ छ। साइनिङ अस्पताल र जनस्वास्थ्य कार्यालयको तथ्यांकमा भने फरकफरक तथ्यांक उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर