जसपा नेता महन्थ ठाकुरले मध्यरातमा विज्ञप्ती निकाल्दै भने 'अर्को सरकार बनाउने पक्षमा छैनौं हाम्रो लागी ओली नै ठीक छन्' — OSNepal

जसपा नेता महन्थ ठाकुरले मध्यरातमा विज्ञप्ती निकाल्दै भने ‘अर्को सरकार बनाउने पक्षमा छैनौं हाम्रो लागी ओली नै ठीक छन्’

LC (KTM) May 11, 2021 0

काठमाडौं-सोमबार संसदमा विश्वासको मतमा पराजित भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट बर्खास्त भएका छन्। बर्खास्त भएपछि जसपा नतामहन्थ ठाकुरले मध्यराति विज्ञप्ति निकाल्दै ठाकुरले अर्को सरकार बनाउने पक्षमा आफु नभएको र ओली नै ठीक भएको बताएका छन् ।सोमबार संसदमा विश्वासको मतमा पराजित भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट बर्खास्त भएपछि अर्को सरकार बनाउने पक्षमा आफु नभएको र ओली नै ठीक भएको बताएका हुन् ।

ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो, मधेस आन्दोलन र भावनाको प्रतिकूल हो भन्ने हाम्रो ठहर छ। त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चितप्रायः छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर