रुस र युक्रेनबीच वार्ताको तयारी भइरहेको दाबी — OSNepal

रुस र युक्रेनबीच वार्ताको तयारी भइरहेको दाबी

LC (KTM) February 28, 2022 0

मस्को १६ फागुन – आपसमा युद्ध गरिरहेका रुस र युक्रेनका बीचमा शान्ति वार्ता गराउने तयारी भइरहेको दाबी गरिएको छ । बेलारुसले सोमबार वार्ता गर्ने तयारी भइरहेको त्यसका लागि सवै तयारी पुरा भइसकेको पनि जानकारी दिएको छ । अधिकारीहरुले वार्ता आइतबार नै गराउने प्रयास भएको भएपनि तयारी पुरा नभएको र पर्याप्त वातावरण नबनेकाले वार्ता हुन नसकेको उल्लेख गरेका छन् ।

रुसले युक्रेनमाथी आक्रमण गरेको पाँचौ दिनमा वार्ता हुन लागेको र त्यसका लागि दुवै तर्फका प्रतिनिधिहरु आउदै गरेको बेलारुसको भनाई छ ।यसअघि वार्ताका लागि तयार नभएको युक्रेनले अहिले भने प्रतिनिधि पठाउन तयार भएको छ । दुवै देशको छिमेकी बेलारुसमा वार्ता हुन लागेको हो ।

रुसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्विकार गरेपछि रुसले आक्रमण अझ बढाएको थियो ।“रुस र युक्रेनका बीचमा वार्ता गराउन सवै तयारी पुरा भएको छ, हामी दुवै देशका प्रतिनिधिहरुको प्रतिक्षामा छौँ, आशा छ उहाँहरु आउनु हुनेछ र वार्ता पनि सकारात्मक हुनेछ,” बेला रुसको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा लेखेको छ ।

वार्ताका लागि तयार पारिएको ठाउँमा राखिएको लामो टेवल र केही कुर्सी सहितको फोटो पनि मन्त्रालयले सार्वजनिक गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताउनु भएको छ । उहाँले विश्वास नभएपनि वार्ताका लागि टोली भने पठाएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर