टेम्पोमा तीन जना युवक यस्तो अबस्थामा फेला — OSNepal

टेम्पोमा तीन जना युवक यस्तो अबस्थामा फेला

LC (KTM) March 02, 2022 0

सर्लाही -अवैध लागूऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मलगंवा नगरपालिका(८ स्थित सडकबाट करिब १० केजी अवैध लागूऔषध गाँजा सहित भारत सितामढी ग्राम पंचायत राजा प्रसोनी(१ बस्ने २३ वर्षीय मो।साकिर लगायत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ना।२ ह १५६७ नम्बरको टेम्पोलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर