मोबाइल पसल फुटाई चोरी गर्ने २ जना समातिए — OSNepal

मोबाइल पसल फुटाई चोरी गर्ने २ जना समातिए

LC (KTM) March 02, 2022 0

काठमाडौं १८ फागुन । काठमाडौं महानगरपालिका-४ बिशालनगरस्थित सुरज ईलोक्ट्रिनिक्स मोबाइल पसल पछाडीको झ्याल फुटाई चोरी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं बुढानिलकण्ठ बस्ने गोरखा गण्डकी नगरपालिका(५ ठेगाना भएका २४ वर्षीय शुरेस गिरी र बुढानिलकण्ठ बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका(५ ठेगाना भएका २२ वर्षीय गणेश क्षेत्री रहेका छन् ।

पसलको झ्याल फुटाई गत माघ १८ गते राति पसलमा रहेका बिभिन्न कम्पनीका ३७ थान सिलप्याक मोबाइल, १५ थान मर्मतका लागि राखिएका मोबाइल, १ थान गितार र २५ थान स्मार्ट घडी गरी करिब १६ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका—२६ गोगंबुस्थित बिजि महल अगाडिबाट चोरीका सामान सहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट ८ थान सिलप्याक मोबाइल, ५ थान पुराना मोबाइल, ६ थान स्मार्ट घडी, १ थान गितार, १ थान पावर बैंक र १ थान आईआर नाईट भिजन समेत बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर