अमेरिकाले सोमबार २०० सहित युक्रेनमा सयौं स्टिङर मिसाइलहरू पठायो — OSNepal

अमेरिकाले सोमबार २०० सहित युक्रेनमा सयौं स्टिङर मिसाइलहरू पठायो

LC (KTM) March 03, 2022 0

वाशिंगटन [अमेरिका], १३ फागुन, -संयुक्त राज्य अमेरिकाले सोमबार २०० भन्दा बढी सहित युक्रेनलाई सयौं स्टिङर मिसाइलहरू प्रदान गरेको छ, एन बि सी न्यूजले जनाएको छ ।
यसमा जेभलिन एन्टी-ट्याङ्क मिसाइल र गोलाबारुद समावेश रहेको जनाइएको छ।

अन्तरराष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान शुरु-अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिनुभएको छ ।”सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षण अघि आईसीसी अध्यक्षलाई सूचित गरेको छु।प्रमाण सङ्कलनमा हाम्रो काम अब शुरु भएको छ,” खानले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। आईसीसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्नेछ: अदालतको क्षेत्राधिकार अन्तर्गत अपराधहरूको लागि जवाफदेहिता सुनिश्चित गर्नेछ।

गत हप्ता, डोनेट्स्क र लुहान्स्कका अलगिएका गणतन्त्रहरूले युक्रेनी सेनाद्वारा जारी आक्रमणबाट आफूलाई बचाउन सहयोगको अनुरोध गरेपछि रुसले विशेष अपरेशन शुरु गरेको जनाएको छ । यसै बीच पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन्।(रासस-एएनआई / स्पुतनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर