एक लाख नजिक पुग्यो सुनको मूल्य — OSNepal

एक लाख नजिक पुग्यो सुनको मूल्य

LC (KTM) March 03, 2022 0

काठमाडौँ। नेपाली बजारमा बिहिबार पनि सुनको मूल्य बढेको छ। बुधबार तोलामा ९९ हजार ५ सय रुपैयाँले कारोबार भएको छापमवमल सुनको मूल्य आज बढेर ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको जनाइएको छ ।

त्यस्तैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य , तोलामा पाँच रुपैयाँले बढेर एक हजार तीन सय ८० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर