दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा दैनिक वृद्धिमा कमी — OSNepal

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा दैनिक वृद्धिमा कमी

LC (KTM) May 11, 2021 0

काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख २९ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड २९ लाख ९१ हजार९२७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ९० लाख २१ हजार २०७ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख २० हजार ६९५ छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३८ सय ७९ संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर