फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति पुग्यो ? — OSNepal

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति पुग्यो ?

LC (KTM) March 04, 2022 0

काठमाडौँ -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको हो ।

मूल्य बढेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १५०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १३३ पुगेको छ । यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर