अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर — OSNepal

अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

LC (KTM) March 04, 2022 0

काठमाडौं। शुक्रबार अमेरिकी डलरको मूल्य वृद्धि भएको छ। आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा बिक्री दर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ८३ पैसा बिक्री दर १२१ रुपैयाँ ४३ पैसा कायम गरेको छ। त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ १४ पैसा र बिक्री दर १६२ रुपैयाँ ९४ पैसा छ।

स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ३२ पैसा र बिक्री दर १३४ रुपैयाँ ९९ पैसा छ।क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४१ पैसा छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५० पैसा र बिक्री दर ८८ रुपैयाँ ९४ पैसा छ।साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया २९ पैसा र बिक्री दर ३२ रुपैयाँ ४५ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ २८ पैसा र बिक्री दर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १७ पैसा र बिक्री दर १९ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर