ललितपुर घटना : काल बनेर आएको कोइलाले लियो एकै परिवारका पाँच जनाको ज्यान — OSNepal

ललितपुर घटना : काल बनेर आएको कोइलाले लियो एकै परिवारका पाँच जनाको ज्यान

LC (KTM) March 07, 2022 0

ललितपुर २३ फागुन । ललितपुरमा एकै परिवारको पाँच जनाको मृत्यु निसासिएर भएको पुष्टि भएको छ ।

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुकी काइली स्याङ्तानको घरमा पाँच जनाको शव आज बिहान मृत अवस्थामा फेला परेको थियो । घटना भएलगत्तै प्रहरी घटना स्थल पुगेको थियो ।

आइतवार बेलुका खाना खाएर सुतेका उनीहरुले कोइला बालेर सुतेकाले निसासिएर ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा एक जना भने गम्भिर अवस्थामा फेला परेका थिए । उनको अहिले उपचार भइरहेको छ ।

मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, ९ वर्षीय आशिष ,७ वर्षीय आस्मा रहेका छन् । दुई दिनको शिशुको भने उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर