प्रदेश १ सरकारले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस भोली भव्यरुपमा मनाउने — OSNepal

प्रदेश १ सरकारले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस भोली भव्यरुपमा मनाउने

LC (KTM) March 07, 2022 0

प्रदेश १ सरकारले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस भव्यरुपमा मनाउने भएको छ । सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि मार्च ८ अर्थात भोली मनाईने दिवसको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।मन्त्रालयका सचिव दीर्घराज मैनालीले भोली विहान मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा सामाजिक संघ संस्थाहरुको सहभागितामा विराटनगर देवकोटा चौकमा भेला भएर नेपाल प्रहरीको ब्याण्ड वाजा र सांस्कृतिक झाँकी सहित बृहत ¥याली निकालिने बताउनुभयो ।

उहाँले ¥याली जलजला मोडबाट बजार परिक्रमा गरि गोल्छा चौक हुँदै आदर्श माविको मञ्चको कार्यक्रममा सहभागि हुने तयारी गरिएको पत्रकार सम्मेलनमा सचिव मैनालीले जानकारी दिनुभयो । ¥यालीपछि विहान साढे ८ वजेदेखि आदर्श माविको प्राङगणमा खुल्ला रक्तदान कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।

दिउँसो मानवसेवा आश्रममा आश्रितलाई फलफूल वितरण कार्यक्रम गरिने र साँझ साढे ५ वजे विराटनगर ट्राफिक चौकमा दीप प्रज्वलन गरि दिवस समापन गरिने सचिव मैनालीले बताउनुभयो । ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस ‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाईदैछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर