क्यालिफोर्नियाको मार्टिनेजमा मिस्टर पिकलको औपचारिक उद्घाटन — OSNepal

क्यालिफोर्नियाको मार्टिनेजमा मिस्टर पिकलको औपचारिक उद्घाटन

LC (KTM) March 09, 2022 0

अमेरिकामा फ्रेन्चाइज स्याण्डवीच फाष्टफूडमा लोकप्रिय बन्दै गएको मिस्टर पिकलमा नेपाली व्यावसायीहरु संलग्न भएका छन् । स्यानफ्रयान्सिस्को वे एरियमा लामो समयदेखि रेष्टुरेण्ट ब्यावसायमा संलग्न अनिल पाण्डे र आइईटी व्यायसायी प्रशान्त मानन्धरको लगानीमा क्यालिफोर्नियाको मार्टिनेजमा संचालनमा आएको मिस्टर पिकलको औपचारिक उद्घाटन मार्टिनेजका मेयर रब श्रोडरले सोमवार गरेका छन् ।

मार्टिनेज चेम्वर अफ कमर्शको आयोजनामा भएको मिट एण्ड ग्रीट कार्यक्रममा मेयर श्रोडरले मार्टिनेजमा मिस्टर पिकल स्याण्डबीच लोकप्रिय रहेको बताए । उनले नेपालीहरुको नयाँ ब्यवस्थापनमा मिस्टर पिकलले थप विकास गर्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा मार्टिनेज चेम्वर अफ कमर्शका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जुली जोन्सटन, चेम्वर अफ कमर्शका प्रतिनिधिहरु र स्थानीय अमेरिकी व्यावसायीहरु उपस्थित रहेका थिए ।

मिस्टर पिकलका संचालक अनिल पाण्डे हुन् भने विगत तीन दशकदेखि फूड विजनेसमा संलग्न रहेका छन् । विभिन्न अमेरिकी फ्रेन्चाइज व्यावसायमा लामो अनुभव संगालेका पाण्डेले अमेरिकी फ्रेन्चाइजमा संलग्न हुनु नेपालीका लागि खुशीको कुरा भएको र बे एरियाका अन्य स्थानमा पनि मिस्टर पिकलको विस्तार गर्ने कम्पनीको योजना रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर