नर्विचलाई हराउँदै चेल्सीको सहज जित — OSNepal

नर्विचलाई हराउँदै चेल्सीको सहज जित

LC (KTM) March 11, 2022 0

काठमाडौं, २७ फागुन – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएकाे छ । बिहीबार राति भएकाे खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरकाे जित निकालेकाे हाे ।

तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे ।

जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा छ ।

अन्य खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३-० अन्तर, उल्भ्सले वाट्फोर्डलाई ४-० अन्तर र न्युक्यासल युनाइटेडले साउथह्याम्पटनलाई २-१ अन्तरले पराजित गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर