झन झन जटील बन्दै पल शाह प्रकरण — OSNepal

झन झन जटील बन्दै पल शाह प्रकरण

LC (KTM) March 11, 2022 0

काठमाडौ । पल शाह प्रकरण झनै जटील बन्दै गएको छ । पीडित भनिएको पक्ष जसरी भए पनि पल शाह लाई कानुनी दायरामा ल्याउन लागि परेको छ भने पल आफै यो घटना बाट जतिसक्दो प्रभावमा होस् या दबाबमा बाहिर निस्कन चाहन्छन् । दुबैको जोड तोड आफ्नो ठाउँमा छ तर यसको अन्तिम फैसला सम्मानित अदालतले गर्नेछ । यसैक्रममा नाबालिगको परिवारले भने न्याय पाउने आशा ब्यक्त गरेको छ ।

नाबालिगकी आमाले पलले आफुलाई पटक पटक फोन र भेटेरै पनि बलात्कारको उजुरी नदिन दबाब दिएको बताएकी छिन् । उनले भनिन्– उजुरी दिनुअघिसम्म पनि धेरै जनाले फोन गरेर प्रहरीमा जानबाट रोक्न खोजेका थिए हामीलाई । छोरीले फोन उठाएन भनेर मलाई फोन गर्थे, उजुरी दिन हुँदैन भन्थे,’ ।

उनले उजुरी दिनै मुस्किल रहेको बेला अब भने आफ्नी छोरीले न्याय पाउनेमा आशाबादी रहेको बताईन् । उनले न्याय नपाए सम्म लडिरहने पनि बताईन् । यसैबीच पीडित भनिएको परिवारले पल शाहको पक्षमा लागेर आफूहरूविरूद्ध जथाभाबी बोल्ने र लेख्नेलाई कारबाही गर्न माग गरेको छ । आफ्नी छोरी बिरुद्ध उत्रिएका तथा छोरीलाई श्रद्धाञ्जली दिने सबैलाई कारबाही हुनु पर्ने माग गरेकी छिन् ।

छोरीको तथा आफ्नो परिवारको चरित्र हत्या गर्ने सबैलाई कारबाहीको माग उनकी आमाले गरेकी छिन् । शाहमाथि अहिले तनहुँ र नवलपुर प्रहरीले अनुसन्धान गरिरहेको छ। बिहीबार कास्की प्रहरी कार्यालयमा भेटिएकी आमाले सामाजिक सञ्जालमा गरिएका गाली देखेर आफूहरू आत्तिएको बताइन्। उनले त्यसरी गाली गर्नेलाई कारबाही गर्न प्रहरीको ध्यानाकर्षण गराएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर