मर्मश्पर्शी गीतको भिडियो ‘नियतिको खेल...’ — OSNepal

मर्मश्पर्शी गीतको भिडियो ‘नियतिको खेल…’

LC (KTM) May 11, 2021 0

काठमाडौं २८ बैशाख । एकपछि अर्को उत्कृष्ट भिडियो निर्देशन गरि सार्वजनिक गर्दै आइरहेका निर्देशक क्रान्ति केसीले मर्मश्पर्शी भिडियो सार्वजनिक गरेका छन् । एक्काईसौ शताब्दीमा पनि नेपालमा अझैै जातपातलाई मानिन्छ । अहिले कानुनी रुपमा पनि यसलाई गलत मानिसकिएको अवस्थामा पनि कहिकतै समाजमा यसको छाप कायम नै छ ।

यस्तै यस्तै कथा बस्तुलाई लिएर निर्माण गरिएको मर्मस्पर्शी गीत ‘नियतिको खेल…’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । सुमन बस्नेत र मुना कुमालको स्वरले सजिएको गीतमा धुर्ब कोइराला, जसोदा कार्की र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ भने भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका हुन् ।

गीतमा राजेन्द्र रावतको शब्द, कृष्ण बाजुरालीको संगीत, एरेन्ज र मिक्सिङ रहेको छ भने भिडियोको छांयाकन अजय रेग्मी र सम्पादन निर्देशक क्रान्ति केसि कै रहेको छ । भिडियोलाई सुनिल बिसिको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर