नेपाल समुहलाई संकेत गर्दै बाँस्कोटाले भने,लास्ट प्रयास!पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ — OSNepal

नेपाल समुहलाई संकेत गर्दै बाँस्कोटाले भने,लास्ट प्रयास!पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ

LC (KTM) June 07, 2021 0

काठमाडौँ २४ जेठ । नेकपा एमाले नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले नेकपा एमाले एकताको लागि अन्तिम अवस्थामा रहेको बताएका छन् । हिजो साँझ प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अब जेठ ३ को पुर्व अवस्थामा लैजान सहमत भएको भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए ।

जसको लागि पारिवारिक मिलन आवश्यक रहेको भन्दै अब पनि मिलन नभए अलग हुने स्पष्ट भएको भन्दै नेता बाँस्कोटाले मिलन नभए बाक्लो दाल खाऊ भन्दै व्यंग्य समेत गरेका छन् । नेता बाँस्कोटाले आज ट्वीटर मार्फत भनेका छन् ,यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए।लास्ट प्रयास !पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ। त्यस्तै अ‍ोलीको प्रस्तावलाई नेता योगेश भट्टराईले सकारात्मक सन्देश भएको भन्दा यता नेत्रृ झाँक्रीले भने अलमलाउने सोच भएको बताएकी छन् ।

“अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलई दुईतीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा।के गर्नु ? आफ्नै हुन माया लाग्छ ।राष्ट्रकवि माधब घिमिरेको गौरी शोककाब्यमा जस्तै बनाए।यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए।लास्ट प्रयास !पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ”।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर