चाँडै प्रदेश १ को नामाकरणको टुंगो लाग्ने कानुनमन्त्री कार्कीको दाबी — OSNepal

चाँडै प्रदेश १ को नामाकरणको टुंगो लाग्ने कानुनमन्त्री कार्कीको दाबी

LC (KTM) March 13, 2022 0

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशको आउने बजेट अधिवेशन सम्ममा ल्याउने बताउनु भएको छ । प्रदेश १ सभाको बैठकमा प्रदेश सभाका सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले नामकरणको सवालमा अघिल्लो दुई तिहाइको सरकारले ४ वर्षमा गर्न नसकेको काम अहिलेको सरकारले ४ महिनामै गरेको बताउनुभयो ।

‘दुई तिहाइको सरकार हुँदा एक दिन कहीँ कतै छलफल भएन तर, यो सरकार बनेको ४ महिनामै हामीले नामकरणका सवालमा माननीय स्वास्थ्यमन्त्री जयराम यादवको संयोजकत्वमा समिति बनाएका छौँ । उहाँले भन्नुभयो, समिति मात्रै नभएर सरकारले सर्वदलीय बैठक बोलाई नामकरण राख्न पहल सुरु गरेको छ । यो अधिवेशनमा नभए पनि आउने बजेट अधिवेशनमा सभामुख मार्फत नै सभामा नामकरण प्रस्ताव आउँछ ।’

नाम राख्न एमालेको पनि साथ चाहिने भन्दै उहाँले सबैको सहमति मै बहुल जनताको भावना समेटिने गरिको नाम सभामा आउने बताउनुभयो । सदनमा सांसदले हरेक विषय उठान गर्न पाउने बताउँदै उहाँले सरकारले जनताको भावना अनुसारको काम गरिरहेको बताउनभयो ।

‘हामी गठबन्धन दलहरू भित्र छौँ, पार्टीबिच वैचारिक मतभिन्नता होलान् तर पनि हामी जनताका माग गरेका कुरा सम्बोधन गर्नका लागि एकमत छौँ ।’ रातो किताब बाहिर गएर सरकारले कुनै निर्णय नगर्ने उल्लेख गर्दै उहाँले कतिपय योजना काटिए भनेर भन्नु औचित्यहीन भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर