श्रीमानले छोडे, काठामाडौंको कोठामा २ दिनदेखि भोकभोकै रहेका ३ बर्षे छोरी र आमाको रुवाबासी । शिशिर भण्डारी सहयोग लिएर पुगे (भिडियो हेर्नुस) — OSNepal

श्रीमानले छोडे, काठामाडौंको कोठामा २ दिनदेखि भोकभोकै रहेका ३ बर्षे छोरी र आमाको रुवाबासी । शिशिर भण्डारी सहयोग लिएर पुगे (भिडियो हेर्नुस)

LC (KTM) May 14, 2021 0

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको छ । काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिश भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ । उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप भएको अवधि २९ गते सकिँदैछ ।

डीसीसीएमसीले प्रत्येक पालिकाको सिफारिसअनुसार बिरामीको संख्या र अस्पतालको आवश्यक्ता अनुसार सिलिन्डर उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा भएका सम्पूर्ण अक्सिजन प्लान्टलाई तुरुन्त सञ्चालन ल्याउनका लागि नेपाल अक्सिजन उत्पादक संघलाई निर्देशन दिने निर्णय पनि भएको छ । कोभिड चेक जाँच गराउन किटको माग गर्ने, संक्रमितलाई सहयोग गर्ने, अप्ठेरोमा परेकालाई राहत तथा उद्दारका कार्यक्रम गर्ने निर्णय पनि डीसीएमसीले निर्णय छ ।

द्रूत प्रतिकार्य समूह गठन गरेर तयारी अवस्थामा राख्ने निर्णय पनि भएको छ । यसैबिच श्रीमानले छोडेपछि ३ बर्षे छोरी च्यापेर दुई दिनदेखि भोकभोकै रहेकी आमा मिडियामा आएकी छिन् । घरभेटीले भाडा नतिर्दा कोठाबाट निकाल्न खोजेपछि शिशिर भण्डारी पुगे । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर