पार्टी एकताको लागि ल्याएको ओलीको प्रस्तावको नेपाल समुहले लिखित रुपमा नै जवाफ दिने — OSNepal

पार्टी एकताको लागि ल्याएको ओलीको प्रस्तावको नेपाल समुहले लिखित रुपमा नै जवाफ दिने

LC (KTM) June 07, 2021 0

काठमाडौँ २४ जेठ । आज बसेको वरिष्ठ नेता माधव नेपाल समुहको बैठकले हिजो साँझ पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि सार्वजनिक गरेको प्रस्तावको लिखित जवाफ दिने निणर्य गरेको छ ।

ओलीको प्रस्तावको हरेक बुँदाको लिखित जवाफ दिन जनाइएको छ बैठकमा सहभागी एक नेता दिएको जानकारी अनुसार ओलीले ल्याएको प्रस्ताव पार्टी एकताको लागि नभएकोले त्यसको हरेका बुँदाबुँदाको जवाफ लिखित रुपमा दिने भएको हो ।

ओलीले हिजो साँझ जारी गरेको प्रस्तावमा पार्टीलाई जेठ ३ को पुर्व अवस्थामा लगेरे एमाले प्रवेश गरेका पुर्व माओवादीका नेतालाई समते सँगै लैजाने प्रस्ताव राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर