भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर पक्राउ — OSNepal

भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर पक्राउ

LC (KTM) June 07, 2021 0

काठमाडौँ २४ जेठ । दिउँसो पसल खोलेको आरोपमा कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङ पक्राउ परेका छन् । कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको निषेधाज्ञाको उल्लंघन गर्दै दिउँसो पसल खोलेको आरोपमा भाटभटेनीका म्यानेजर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको हो । निषेधाज्ञाको समय बिहान नौ बजेसम्म पसल खोल्न दिएपनि नियम विपरित भाटभटेनीले सपल सञ्चालन गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर