स्वास्थ्यमा जस्तै नेपाली राजनीतिमा फैलिएको कोभिडको केन्द्रबिन्दु तत्कालिन नेकपाको धुम्बाराही : मुख्यमन्त्री राई — OSNepal

स्वास्थ्यमा जस्तै नेपाली राजनीतिमा फैलिएको कोभिडको केन्द्रबिन्दु तत्कालिन नेकपाको धुम्बाराही : मुख्यमन्त्री राई

LC (KTM) June 07, 2021 0

विराटनगर २४ जेठ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजनितिमा पनि कोरोना संक्रमण देखिएको बताएका छन् । प्रदेश सभाको आठौँ अधिवेशन तथा बजेट अधिवेधनको पहिलो बैठकमा सहभागी भएका मन्त्री राईले स्वास्थ्य क्षेत्रमा मात्र नभई राजनीति क्षेत्रमा समेत कोरोना संक्रमण देखिएको बताएका हुन् ।

कोभिड १९ विस्तारै फैलिएपनि राजनीतिमा फैलिएको कोभिडले भने, तीव्र गतिमा फैलिएर सिधै सबै प्रदेश र स्थानीय तहमा गरी कसैलाई बाँकी नराखेको मन्त्री राईको तर्क रहेको छ ।

बैठकमा मन्त्री राईले भने, ‘नेपाली राजनीतिमा नयाँ प्रकारको कोभिड देखियो जसको केन्द्विन्दु धुम्बाराही काठमाडौँमा रहेको तत्कालिन नेकपाभित्र देखियो’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर