अमेरिकामा मार्च २० मा 'होली धमाका' गरिँदै — OSNepal

अमेरिकामा मार्च २० मा ‘होली धमाका’ गरिँदै

LC (KTM) March 17, 2022 0

काठमाडौँ । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार फागु पूर्णमा धुमधामसँग मनाइयो ।

प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइने यो पर्व परवासमा रहेका नेपालीहरुले पनि विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । जसअन्तर्गत अमेरिकामा पनि विभिन्न कार्यक्रम गरेर होली पर्व मनाइदैछ ।

होलीको अवसरमा मार्च २० तारिखका दिन सिभिक सेन्टर पार्क, बार्केलीमा होली धमाका साँझको आयोजना गरिने भएको छ ।

आइतबारको दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने बृहत कार्यक्रममा प्रवेशका लागि अग्रिम बुकिगं १५ डलर र सिुधै कार्यक्रम स्थलमा पुगेर काटिने टिकटका लागि २० डलर लाग्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार ८ वर्ष मुनिका बालबच्चा र ६५ वर्ष माथिका बृद्ध बृद्धाहरुलाई निशुल्क प्रवेशको व्यबस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर