१८ महिने बालिकाको बलात्कार पछि हत्या गर्ने हत्यारालाई फाँसीको माग गर्दै झापामा बिरोध प्रदर्शन — OSNepal

१८ महिने बालिकाको बलात्कार पछि हत्या गर्ने हत्यारालाई फाँसीको माग गर्दै झापामा बिरोध प्रदर्शन

LC (KTM) March 19, 2022 0

मोरंगको सुन्दर हरैचाको घटना यतिबेला सबैको मन क्षत बिक्षत बनाउने घटना बनेको छ । १८ महिने बालिकाको बलात्कारपछि हत्या गरिए पछि मानीस कति सम्मको नरपिशाच हुदो रहेछ भन्ने प्रष्ट देखिएको छ । यो घटनाले सबैको ध्यान मात्र खिचेको छैन एक किसिमको आक्रोश र त्रास पनि पैदा गराएको छ ।

यसैक्रममा यो घटनालाई लिएर चौतर्फि रुपमा बिरोध प्रर्दशन सुरु भएका छन् । आरोपितलाई कठोर सजायको माग गर्दै मेची-महाकाली बुहारी संयुक्त आवाजले आज झापाको बिर्तामोडमा विरोध जुलुष नै निकालेको छ। गत फागुन २७ गते मोरङको सुन्दरहरैंचा नगरपालिका-७ गणेशपुरस्थित १८ महिने बालिकाको बलात्कारपछि हत्याका आरोपितलाई फाँसीको सजायको माग गर्दै मेची-महाकाली बुहारी आवाजले झापाको विर्तामोडमा बृहत र्याली सम्पन्न गरेको छ ।

महिला हिंसा बन्द गर, बलात्कारी खुलेआम, बलात्कृत गुमनाम, उठ नारी अति भो सही बस्दा क्षति भयो, नारी सामान होइन सम्मान हो, हत्यारालाई फाँसी देउ लगायतका नारा लगाएका थिए। यसैक्रममा कोणसभालाई संबोधन गर्दै मेची-महाकाली बुहारी समूह झापा उपाध्यक्ष गंगा भट्टराईले बलात्कारीलाई फाँसीकै सजाय दिनका लागि कानुन संशोधन हुनुपर्ने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर